बीआरआई सम्झौता त्यत्तिकै कार्यान्वयन हुँदैन : परराष्ट्रमन्त्री राणा

बीआरआई सम्झौता त्यत्तिकै कार्यान्वयन हुँदैन : परराष्ट्रमन्त्री राणा
सुन्नुहोस्

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मित्रराष्ट्र चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता हतारमा कार्यान्वयन नहुने बताउनुभएको छ । उहाँले त्यसअघि विस्तृत रुपमा छलफल गर्नुपर्ने धारणा राख्नुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री राणाले परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले परियोजना कसरी कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा पहिले सरकारले व्यापक छलफल गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षसँग छलफल गरिने छ । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा व्यापक छलफल गरिएको प्रसंग बैठकमा उठाइएको छ । मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई परियोजना कार्यान्वयनअघि व्यापक छलफलमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू