चीनको युन्नानमा दुई मुलुकबीचको सम्बन्ध थप मजबुत बनाउन छलफल

चीनको युन्नानमा दुई मुलुकबीचको सम्बन्ध थप मजबुत बनाउन छलफल
सुन्नुहोस्

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले चीनका युन्नान प्रान्तका उपगभर्नर वाङ हाउसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

चीनको विदेश मन्त्रालय र युन्नान प्रान्तको सरकारको संयुक्त आयोजनामा खुनमिङमा आयोजित पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चको कार्यक्रममा भाग लिन त्यहाँ पुग्नुभएका सचिव लम्सालले उपगभर्नर हाउसँग कुराकानी गर्नुभएको हो ।

भेटमा दुईपक्षीय हितका बारेमा कुराकानी भएको जनाइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउन र एक अर्कासँग सहकार्य गरेर अगाडि बढ्ने सम्बन्धमा कुराकानी भएको छ ।

टिप्पणीहरू