माधव नेपालपछि स्टुडियो छिर्ने पालो प्रधानमन्त्रीको
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चलचित्र ‘नमेटिने घाउ’को डबिङ सक्नुभएको छ । उहाँले रेडियो नेपाल पुगेर चलचित्रमा आफ्नो संवादको डबिङ गर्नुभएको हो । अध्यक्ष नेपाल चलचित्रमा अतिथिको भूमिकामा देखिनुहुने छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही डबिङ सकाएपछि अमेरिका गएका छन् । उनी चलचित्रमा समाजिक अभियन्ताको भूमिकामा देखिँदैछन् ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने केही दिनमा डबिङ गर्ने कार्यतालिक बनाइएको चलचित्रको निर्माण टिमले जनाएको छ । प्रधानमन्त्री ओली चलचित्रमा पनि प्रधानमन्त्रीकै भूमिकामा देखिँदै हुनुहुन्छ ।
अभिनेता रमित ढुंगाना निर्माता रहेको यस चलचित्रमा एसिड आक्रमणमा परेकी युवतीको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरीलगायतको अभिनय रहेको बताइएको छ ।
टिप्पणीहरू