प्रधानमन्त्रीले आज सचिवहरुलाई निर्देशन दिने
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा सचिवहरुलाई निर्देशन दिनुहुने भएको छ ।
आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक राखेर प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिन लाग्नुभएको हो । बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्य सचिवसहित सबै मन्त्रालयका सचिवहरु सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीले अस्ति मात्रै विभिन्न मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति ब्रिफिङ लिनुभएको थियो । त्यतिबेला उहाँले नागरिकलाई छिटो सेवा प्रवाह गर्न र विकासको कामलाई अगाडि बढाउन मन्त्रालयले खेप्नुपरेका समस्याको पहिचान गर्न सचिवहरुलाई एक दिनको समय दिनुभएको थियो ।
आजको छलफलमा त्यसबारे पनि जानकारी गराउने बताइएको छ ।
टिप्पणीहरू