हमासका राजनीतिक ब्युरो प्रमुख मारिएपछि इरानको कडा चेतावनी
प्यालेस्टिनी लडाकु समूह हमासका राजनीतिक ब्युरो प्रमुख इस्माइल हनिया इरानको राजधानी तेहरानमा मारिएका छन् । हमास इरानसमर्थित प्यालेस्टिनी लडाकु समूह हो ।
हनिया मारिएपछि इरानका राष्ट्रपति मसुद पेजेस्कियनले इजरायलमाथि कडा चेतावनी दिएका छन् । इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खमेनीले हनियाको हत्याको बदला लिने उद्घोष गरेका छन् ।
कतारले पनि हनियाको हत्यालाई जघन्य अपराधको संज्ञा दिएको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हनियाको हत्या र सर्वसाधारण नागरिकलाई लगातार निशाना बनाइरहने इजरायलको गैरजिम्मेवार व्यवहारले मध्यपूर्वलाई द्वन्द्वमा धकेलेको उल्लेख छ ।
चीन र रुसले पनि हमास नेताको हत्याको कडा शब्दमा भत्र्सना गरेका छन् । हमासले हनियाको हत्यामा इजरायलको हात रहेको आरोप लगाएको छ ।
टिप्पणीहरू