पार्टी कार्यालयमा बाढी पसेपछि एमाले बैठक बुटिक होटेलमा
एमालेको केन्द्रीय सचिवालय बैठक बसेको छ । बिहान ११ बजे बोलाइएको बैठक सिंहदरबारको दक्षिण गेट नजिकैको होटलमा राखिएको छ । यो मेडिकल माफिया बिशाल पण्डितले मापदण्डविपरित खोलेको होटल हो जसलाई राष्ट्रियकरण गर्न अघिल्लो चोटी ओली प्रधानमन्त्री हुँदा गृह मन्त्रालयले प्रतिवेदन पेश गरेको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत् आजको बैठक अन्यत्र राखिएको जानकारी दिनुभएको छ । मनोहरामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने जनाइएको छ।
बैठक सिंहदरबारको दक्षिण गेट र हनुमानथानको बीचमा रहेको होटल बसेरामा राखिएको छ । अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यले साथ दिएमा सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी पनि सामाजिक सञ्जालमार्फत दिनुभएको छ ।
लेखिएको छ, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’
टिप्पणीहरू