मुद्दती खाताको झण्डै सवा करोड गायब !

मुद्दती खाताको झण्डै सवा करोड गायब !

झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयमा कार्यरत एक जना कर्मचारी सेवाग्राहीको झण्डै सवा करोड रुपैयाँ खाताबाट झिकेर फरार भएका छन् । बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले बचतकर्ता टिकाराम नेपालको एक करोड १७ लाख रुपैयाँ गायब पारेपछि बेपत्ता भएका हुन् । 

गत माघ ३ गते नेपालले श्रीमती मञ्जुकुमारी नेपालको नाममा एक करोड १९ लाख ९३ हजार मुद्दती खातामा रकम जम्मा गरेका थिए । छ महिनापछि उनी पैसा निकाल्न बैंकमा पुगेर खातामा मौज्दात हेर्दा दुई लाख देखियो । 

पेशाले पत्रकार टिकारामले बैंकसँग आफ्नो पैसा फिर्ता मागेका छन् । उता जिल्ला प्रहरी कार्यालयमा मार्केटिङ म्यानेजर सिटौलाविरुद्ध जाहेरी दर्ता गराएका छन् । नेपालले पैसा जम्मा गर्दा सिटौलाले नै हस्ताक्षर गरेर बुझेको बताइन्छ । उनी हिजोदेखि बेपत्ता छन् । 

परिवार र आफन्तसँग सम्पर्कमा नरहेका टिकाराम बिर्तामोडकै खाजा पसलमा झोला छाडेर भागेको खुलेको छ । प्रहरीले उनको झोलाबाट कीर्ते हस्ताक्षर गरेर तयार पारिएका चेक र एटिएम कार्डहरु फेला पारेको छ । 

बैंकका शाखा म्यानेजर गणेशबहादुर बरालले भने घटनाबारे काठमाडौँस्थित हेड अफिसलाई जानकारी गराएका छन् । बैंकको केन्द्रीय कार्यालयबाट पुगेको छानबिन टोलीले घटनाबारे विस्तृत अनुसन्धान गरेपछि आवश्यक निर्णय गरिने उनले बताए ।

टिप्पणीहरू