अर्थतन्त्रमा स्वदेशी स्याहार रकम गणनाको माग

अर्थतन्त्रमा स्वदेशी स्याहार रकम गणनाको माग

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले स्वदेशमै गरिने स्याहार कार्यसम्बन्धी रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । महासंघद्वारा ‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयमा पर्साको वीरगञ्जमा आयोजित तीन दिने तालिम कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

उपाध्यक्ष वैद्यले तालिमको प्रमुख उद्देश्य रोजगारदाताहरुरुलाई स्याहार काम र यसको अर्थतन्त्रमा योगदानबारे जानकारी गराउनु रहेको बताए । 

महासंघले स्याहार म्यानुअलका लागि सुझाव संकलन गरिरहेको र त्यसका लागि वैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भएपनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गुनासो गरे । 

विशेषगरी अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि रकम गणना गर्ने काममा सरकारसँगै निजी क्षेत्र र सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहेकाले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सशक्त महिलासम्बद्ध नेपाल परियोजनासँगको सहकार्यमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यस्ता कार्यक्रम गर्दै आएको छ । 

संगठनकी टेक्निकल एक्सपर्ट अन इनक्लुसिभ ग्रोथ अक्साना लिप्कानुले परियोजनाको शीर्षक सशक्त महिलासम्बद्ध नेपाल रहेपनि महिला तथा बालिका केन्द्रित मात्र नभई श्रम बजार र व्यवसायको प्रवद्र्धन गर्नु पनि रहेको प्रष्टाइन् ।

टिप्पणीहरू