ठेलाले ढाकियो इलामको फुटपाथ

ठेलाले ढाकियो इलामको फुटपाथ

फुटपाथ कसका लागि ? सडकको किनारामा फुटपाथ बनाउनुको उद्देश्य के ? फुटपाथ पैदलयात्रीका लागि हो । दुर्घटना न्यूनिकरण गर्नका निम्ति सबै स्थानीय तहले फुटपाथ निर्माण गरेका छन् । तर, पैदलयात्री हिँड्नका लागि बनाइएको फुटपाथ अचेल व्यवसाय सञ्चालन गर्ने थलो बनेको छ । सडक अस्तव्यस्त बनाएर पसल सञ्चालन गर्ने गरिएको छ । 

काठमाडौंका फुटपाथ हाटबजार बनेपछि महानगरपालिकाले पसल राख्नबाट रोक लगाएको छ । केही समय अघिसम्म काठमाडौंको सडकमा हिँड्न महाभारत हुन्थ्यो । सडकपेटी पसलले ढाकिँदा पैदलयात्री बीचबाट हिँड्थे । त्यसले गर्दा दुर्घटनाको जोखिम बढेको थियो । महानगरले पसल हटाएपछि पैदलयात्रीलाई निकै सहज भएको छ ।

 

काठमाडौं महानगरले न्युरोडमा मंसिर २ गतेसम्म फुटपाथ विस्तारको काम अघि नबढाउने निर्णय गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाअन्तर्गतका सडकमा फुटपाथ भए पनि पैदलयात्रीले प्रयोग गर्न पाएका छैनन् । पसलले फुटपाथ ढाकिएको छ । कतै लुगा, कतै फलफूल त कतै तरकारी पसल राखिएको छ । साँझ परेपछि सल्लाघारी, सूर्यविनायक, सिर्जनानगर चोकमा फुटपाथ पसलले हिँडिनसक्नु हुन्छ ।

उता, इलाममा फुटपाथ व्यवसायीका कारण पैदलयात्री समस्यामा परेका छन् । त्यहाँको फुटपाथमा हिँड्न पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ । फुटपाथ ठेलै–ठेलाले ढाकिएको छ । जतासम्म फुटपाथ बनेको छ, त्यहाँसम्म घुम्ती रेष्टुरेण्ट पसल सञ्चालनमा छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू