फेरियो राष्ट्रपति जावलाखेल जाने समय
राष्ट्रपति रामचन्द्र पौडेल भोटोजात्रामा सहभागी हुन ललितपुरको जावलाखेल जाँदै हुनुहुन्छ । यसअघि तोकिएको समय आधा घण्टा पछाडि धकेलेर ५ बजे भनिएको छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा देखाउन आज राजधानी काठमाडौंमा सार्वजनिक बिदा दिइएको छ।
यो जात्रालाई झण्डै आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष भोटो देखाउँछन् । झण्डै दुई महिनासम्म चलेको रातो मच्छिन्द्रनाथको रथयात्रापछि अन्तिम दिन भोटो देखाउन साइत हेर्ने परम्परा छ ।
टिप्पणीहरू