डा.भट्टराईको पार्टीमा मानुषी प्रचार प्रमुख, हिसिलालाई अर्थको जिम्मेवारी
डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभागीय प्रमुख तोकेको छ । पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्नुका साथै जनवर्गीय संगठनहरु गठन तथा पुनर्गठन गरेको जनाइएको छ ।
पार्टीको विधान अधिवेशन आउँदो कात्तिक २ र ३ गते कास्कीमा गर्ने निर्णय गरिएको छ । संगठन विभाग प्रमुखमा सोनामसिं स्याङ्तान, प्रशिक्षण विभाग प्रमुख महेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रिय विभाग प्रमुख दुर्गा सोब, आर्थिक व्यवस्थापन विभाग प्रमुख हिसिला यमि, उत्पादन तथा स्वःरोजगार विभाग प्रमुख भक्तबहादुर शाह तोकिएका छन् ।
सृजना रिजालले समावेशी तथा सामाजिक सुरक्षा विभाग, मानुषी यमि भट्टराईले प्रचारप्रसार तथा सूचना प्रविधि विभाग, डा.जनकराज शाहले आर्थिक नीति तथा योजना विभाग, घमानसिंह गुरुङले जनपरिचालन तथा सामाजिक अभियान विभाग र सरुण बाठामगरले संघीय मामिला विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
बैठकले व्यवस्थापिका तथा राज्य व्यवस्था विभाग प्रमुखमा फणिन्द्र देवकोटा, शहिद तथा बेपत्ता परिवार, द्वन्द्व पीडित र मानव अधिकार विभाग प्रमुख राजु नेपाली, केन्दिय कार्यालय व्यवस्थापन विभाग प्रमुख रोशन पोखरेल, कानून तथा न्याय विभाग प्रमुख कृष्ण शर्मा, कृषि तथा भूमि व्यवस्था विभाग प्रमुखमा अमृत पुरीलाई तोकेको छ ।
यस्तै, राजु नेपाल शिक्षा, विज्ञान तथा प्रविधि विभाग, हरि रिजाल स्वास्थ्य तथा जनसंख्या विभाग, भरत दाहाल जलस्रोत तथा ऊर्जा विभाग, छन्द पन्थी उद्योग, वाणिज्य तथा वित्त विभाग, यानप्रसाद भट्ट सहकारी तथा गरिबी निवारण विभाग, चिनक कुर्मी वन तथा वातावरण विभाग, केदार गुरागाँई भौतिक पूर्वाधार तथा यातायात विभाग, टिकाराम पौडेल पर्यटन तथा नागरिक उड्डन विभाग, चित्रप्रसाद सापकोटा युवा तथा खेलकुद विभाग र लालध्वज नेम्वाङ श्रम तथा रोजगार विभाग प्रमुख तोकिएका छन् ।
जनवर्गीय एक दर्जन संगठनमध्ये मजदुर महासंघको इञ्चार्जमा कृष्णमुरारी ढकाल, किसान महासंघमा अमृत पुरी, बौद्धिककर्मी महासंघमा पी श्रेष्ठ, उद्योग वाणिज्य महासंघमा छन्द पन्थी, सांस्कृतिक महासंघमा सानु गुरुङ, आदिवासी जनजाति महासंघमा जिएस गुरुङ, खेलकुद महासंघमा पंकज राई, युवा संघमा सन्देश कार्की, विद्यार्थी युनियनमा रुपनारायण श्रेष्ठ, महिला संघमा गजाधर सुनार र मुस्लिम संघमा डा.अब्दुल मोविन खानलाई इञ्चार्जको रुपमा नियुक्त गरेको छ ।
केन्द्रीय विज्ञ परिषद् सदस्यमा ललितपुरका पी श्रेष्ठ, काठमाडौंका कपिल काफ्ले, गोरखाका शारदाप्रसाद धिताल र हङकङका श्याम ईधामलाई थप गरिएको छ । पार्टीको निर्वाचन आयोग प्रमुखमा रामकुमार पुरी र सदस्यमा जनक पाण्डे र तुलसी माया सिग्देल नियुक्त भएका छन् ।
अनुशासन तथा सदाचार आयोग प्रमुख रामबहादुर बोहोरा सदस्यहरुमा सुजना सुवेदी र धर्मराज न्यौपाने चयन भएका छन् । पार्टीले सातै प्रदेशमा भेला, सम्मेलन र अधिवेशनका लागि उत्प्रेरक समेत तोकेको छ ।
कोशीमा भरत दाहाल, मधेशमा ईश्वर रिजाल, बागमतीमा सोनामसिं स्याङ्तान, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा विष्णुहरि शर्मा, कर्णालीमा भक्तबहादुर शाह, सुदूरपश्चिममा डा.जनक शाह उत्प्रेरिक तोकिँदा दुर्गा सोबलाई प्रवास प्रदेश र सृजना रिजाललाई गैरभौगोलिक प्रदेशको जिम्मेवारी दिइएको छ ।
टिप्पणीहरू