चर्चामा ‘बरिलै बरिलै’

बढ्दो अराजकताले तीज गीतहरुको आलोचना बढिरहेको बेला एउटा गीतले भने व्यापक प्रशंसा पाइरहेको छ । गीत हो, गोविन्द अनेकको ‘बरिलै बरिलै’ । गीतमा प्रयोग भएका वेदना र संवेदननाका शब्दहरुले यतिबेला प्रशंसा बटुलेको हो ।
शान्तिश्री परियार, सुनिता बुढा र समीक्षा अधिकारीले स्वर दिएको गीतमा महिलाहरुको बाध्यता, व्यथा र संघर्षलाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ ।
गीतको पंक्तिले भनेको छ-
पलायो होला भदौरे गाभा
आमाको हातको मिठो दर खान
अहिले नी पाइन माइती घर जान
बरिलै बरिलै यस्तै रैछ छोरीलाई
बरिलै बरिलै दुख सधैँभरीलाई
रोशनी कार्की, जुना गुरुङ र सरिता ढुंगाना फिचर्ड भएको भिडियो पनि मार्मिक बनेको छ । सुनिल विकले निकै कलात्मक ढंगले निर्देशन गरेका छन् ।
महिलाहरुको अपरिभाषित नियतीलाई गीतमार्फत अभिव्यक्त गर्न खोजेको सर्जक गोविन्दले जानकारी दिए । शब्द र भिडियोको प्रंशसा भएसँगै यतिबेला गीत युटुबको ट्रेण्डिङ आएको छ । यद्यपि, गीतको आयु भ्यूजबाट भन्दा पनि शब्दबाटै तय हुने भएकाले सकभर सरल शब्दमा महिलाको आवाज बोल्ने प्रयास गरेको गोविन्दको तर्क छ ।
टिप्पणीहरू