तीन गायिका दुई महिने टुरमा अमेरिकातिर

तीन गायिका दुई महिने टुरमा अमेरिकातिर

गायिका शान्तिश्री परियार, ज्योती मगर र रचना रिमाल अमेरिका उडेका छन् । उनीहरु अब ‘नाच्छ अमेरिका’ सांगीतिक टुरको लागि त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।

उनीहरुले आगामी ५५ दिनसम्म अमेरिकाको विभिन्न शहरमा कन्सर्ट गर्नेछन् । अगष्ट १० गते बोस्टन शहरबाट सुरु हुने सांगीतिक टुर सेप्टेम्बर २९ गते लस एन्जलसमा पुगेपछि सकिनेछ । 

अमेरिकाको न्युयोर्क, भर्जिनिया, कोलम्बस, सिकागो, सानफ्रान्सिकोलगायत दर्जनौं ठाउँमा कार्यक्रम हुने बताइएको छ । गायिका रिमाल आफ्नो १५औँ अन्तराष्ट्रिय सांगीतिक यात्रा भएको जनाउँदै खुशी देखिन्छिन् । उनले भनेकी छन्, ‘केही वर्ष अघिसम्म पारिवारिक अवस्थाले गर्दा उच्च शिक्षा पश्चात् वैदेशिक रोजगारीको लागि कुनै न कुनै देश जानुपर्छ भनेर योजना बनाएकी म अहिले हजुरहरुकै कारणले आफ्नो १५ औँ अन्तराष्ट्रिय साङ्गितिक यात्राको क्रममा छु ।’

त्यस्तै गायिका परियारले पनि अमेरिकामा बस्ने नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन निम्तो दिएकी छन् । ‘अब नाच्छ अमेरिका... हामी आउँदै छौँ ल, त्यतै भेटौंला’, उनले लेखेकी छन् ।
 

टिप्पणीहरू