मधेशमा १२ मन्त्रालय, मन्त्रीमण्डल २० सदस्यीय

मधेशमा १२ मन्त्रालय, मन्त्रीमण्डल २० सदस्यीय

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीमण्डललाई २० सदस्यीय बनाएका छन्  । १२ मन्त्रालय रहेको मधेशमा यसअघि जनमत पार्टीबाट मुख्यमन्त्रीसहित दुई तथा एक राज्यमन्त्री, काँग्रेसबाट चार मन्त्री र एमालेबाट चार मन्त्री तथा दुई राज्यमन्त्री सहभागी थिए । 

तर, सिंहले आज पुनः नेपाली काँग्रेसबाट दुई जना, एमालेबाट एक जना, जनमत पार्टीबाट एक जना र लोसपाबाट एक जना गरी थप पाँच राज्यमन्त्री नियुक्त गरेका छन् ।

निलमकुमारी रजकलाई ऊर्जा तथा खानेपानी राज्यमन्त्री, रेखा ठाकुरलाई सहकारी राज्यमन्त्री, मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार राज्यमन्त्री, रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र सम्भुप्रसाद शाहलाई उद्योग तथा पर्यटन राज्यमन्त्री नियुक्त गरिएको छ । 

नवनियुक्त राज्यमन्त्रीहरुले सपथग्रहण गरिसकेका छन् । खानेपानी राज्यमन्त्री ठाकुरले भर्खरै पद तथा गोपनीयताको सपथ लिएको जनआस्थालाई जानकारी दिइन् । सात प्रदेशमध्ये मधेशमा जम्बो मन्त्रीमण्डल बनेको छ ।

मुख्यमन्त्री सिंह आज दिउँसोसम्म काठमाडौँमै थिए । बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर २२ बुँदे माग राखेपछि दिउँसो उता पुगेर राज्यमन्त्री नियुक्त गरेका हुन् ।

टिप्पणीहरू