मधेशका मुख्यमन्त्रीले जनमतलाई स्पष्टीकरण दिने

मधेशका मुख्यमन्त्रीले जनमतलाई स्पष्टीकरण दिने

जनमत पार्टीले मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीलाई जानकारी नगराई जम्बो मन्त्रिपरिषद् विस्तार गरेको र दिइएका निर्देशनसमेत बेवास्ता गरेको भन्दै जनमतले स्पष्टीकरण मागेको हो । 

१२ मन्त्रालय रहेको प्रदेशमा गत साउन २२ गते मुख्यमन्त्री सिंहले पाँच राज्यमन्त्री नियुक्त गर्दै २० सदस्यीया अहिलेसम्मकै ठूलो मन्त्रिमण्डल बनाएका थिए । जसको सर्वत्र आलोचना भइरहेको छ । 

यसैबीच मुख्यमन्त्री सिंहले पार्टीले स्पष्टीकरण सोधेकोमा खासै फरक नपर्ने प्रतिक्रिया दिएका छन् । गठबन्धनको सरकार भएकाले अरु दलहरुलाई पनि समेटनुपर्ने बाध्यताका कारण क्याविनेट ठूलो बनेको उनको भनाई छ । 

‘स्पष्टीकरण सोध्दैमा यसलाई ठूलो विषय मान्नुपर्ने त्यस्तो कारण छैन’, उनले जनआस्थासँग भने, ‘गठबन्धनको सरकार हाे, मैले मात्रै चाहेर वा नचाहेर केही हुदैन, अन्य दलको चित्त पनि बुझाउनुपर्छ ।’

मुख्यमन्त्री सिंहले केही दिनमा पार्टीलाई लिखित जवाफ दिने तयारी गरेकाे पनि बताए ।

टिप्पणीहरू