भारतीय विदेश सचिव आज पनि भेटघाटमा व्यस्त

भारतीय विदेश सचिव आज पनि भेटघाटमा व्यस्त
सुन्नुहोस्

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री आज पनि बिहानैदेखि भेटघाटमा व्यस्त छन् । हिजो बिहान १० बजे काठमाडौं आइपुगेका उनी साँझसम्म उच्चस्तरीय भेटघाटमा सहभागी भएका हुन् । 

मिश्रीले आज बिहान उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । 

हिजो राष्ट्रपति रामचन्द्र पौडे, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । साँझ उनको सम्मानमा नेपाली समकक्षी परराष्ट्र सचिव सेवा लम्सालको तर्फबाट रात्रिभोजको आयोजना गरिएको थियो ।

सचिव मिश्री नेतृत्वको चार सदस्यीय टोली आज साँझ सवा ६ बजे भारतीय वायुसेनाको विशेष विमानमा स्वदेश फर्कने कार्यक्रम छ ।
 

टिप्पणीहरू