कस्ता कस्ता राजदूत

कस्ता कस्ता राजदूत
सुन्नुहोस्

डेढ दशकअघिसम्म सहसचिव भएको कम्तीमा २ वर्ष नाघेपछि मात्रै राजदूत बनाउने चलन थियो । तर, केही वर्षयता भने एक वर्षमै राजदूत हुने चलन बसेपछि जोखिम मोल्न खोज्नेहरु हच्किएको अवस्था छ ।

केही दिनअघि हतारमा नियुक्त भएका १८ जनामध्ये जर्मनीका लागि करिअर डिप्लोम्याट डा. शैल उपाध्याय कांग्रेस कोटाका हुन् । त्यहाँ रामकाजी खड्का छन् । कतारका लागि राजदूत तोकिएका रमेशचन्द्र पौडेल ७० वर्ष नाघिसके । कान्ता रिजाललाई भर्खरै इजरायलबाट फिर्ता बोलाएर फेरि अष्ट्रेलिया पठाएको छ । पाँचथर माइती भएकी उनका पतिले साउदीअरबमा सहचारी भएर ४ वर्ष बिताएका थिए ।

पहिला–पहिला एक जना राजदूतले आफ्नो कार्यकाल सकिएपछि ३–४ महिना सो पद खाली हुन्थ्यो भने अहिले चाँडै पठाउन थालिएको देखिन्छ । पद रिक्त नहुँदै राजदूतमा नियुक्त गर्ने चलन यसअघि खासै थिएन ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू