उपनिर्वाचनका लागि नाम दर्ता गर्न आह्वान
निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहका बासिन्दालाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचन मिति घोषणा हुनुअगावै मतदाता नामावलीमा नाम दर्ता गर्न भनेको हो ।
आज विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मताधिकारको सुनिश्चित गर्न आग्रह गरेको छ ।
‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ’,विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरेर मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने आयोगले जानकारी दिएको छ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् विभिन्न कारणले मुलुकभरका स्थानीय पालिकामा ३४ पद रिक्त छ ।
टिप्पणीहरू