टिआरसी विधेयक संसदमा टेवल

टिआरसी विधेयक संसदमा टेवल
सुन्नुहोस्

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।

आज प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले प्रतिवेदन सभामा प्रस्तुत गरेकी हुन् । प्रतिवेदन पेश गर्दै उनले विधेयक पारित गर्ने अवस्थासम्म सबै एक ठाउँमा उभिएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन् । 

सबै राजनीतिक दल एक ठाउँमा उभिए आगामी दिनमा आइपर्ने जस्तोसुकै चुनौति पनि सामना गर्न सकिने उनको धारणा छ । विधेयक सदनबाट सर्वसम्मतिले पारित गर्न आग्रह गर्दै सांसद सुवेदीले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन राम्रो कानून बन्ने विश्वास व्यक्त गरिन् ।

टिप्पणीहरू