हात्तिको सुसारे सिकिस्त, अवकाश दिने क्याबिनेट निर्णय

हात्तिको सुसारे सिकिस्त, अवकाश दिने क्याबिनेट निर्णय
सुन्नुहोस्

पर्सा राष्ट्रिय निकुञ्जमा वर्षौैंदेखि हात्तिको स्याहार गर्दै आएका माहुत सिकिस्त बिरामी परेका छन् । माहुत (श्रेणीविहीन) प्रेमलाल बछार चौधरी पक्षघात (प्यारालाइसिस) बाट पीडित भएपछि सरकारले अवकाशको निम्ति अपुग हुने सेवा अवधि थप गर्ने निर्णय गरेको छ ।

हिजो बसेको क्याबिनेट बैठकले उनलाई छ वर्ष चार महिना सात दिन थपेर अवकाश दिने निर्णय गरेको हो । पक्षघातबाट पीडित चौधरी कामकाज गर्न असमर्थ भएपछि उक्त निर्णय गरिएको बताइन्छ ।

निजामती सेवा ऐन, २०४९ को दफा ३४ (क) बमोजिम सेवा अवधिमा केही वर्ष थप्न सकिने प्रावधान रहेकाले चौधरीलाई आगामी पुस ५ गतेदेखि अवकाश दिन लागिएको हो ।

टिप्पणीहरू