विदेशमा गरिएको लगानी नेपाल ल्याउन ३५ दिनको म्याद

विदेशमा गरिएको लगानी नेपाल ल्याउन ३५ दिनको म्याद
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले विभिन्न कारणले विदेश पुगेका नेपाली नागरिकलाई त्यहाँ गरिएको लगानी स्वदेश फर्किएको एक महिनाभित्र ल्याउन आग्रह गरेको छ ।  बैंकले विदेशमा लगानी गरेको विदेशी मुद्रा आफु फर्किएको ३५ दिनभित्र भित्र्याउनुपर्ने व्यवस्था रहेकोले सोहीअनुरुप गर्न गराउन जानकारी गराएको  छ । 

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न पाउँदैन । तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोलेर रकम जम्मा गर्न पाउँछन् । त्यस्तो रकम नेपालमा फर्केको ३५ दिनभित्र स्वदेश फर्काउनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।  

नेपाल फर्केपछि पनि विदेशस्थित बैंकका खाता वा लगानी यथावत राख्न चाहेमा त्यसको विवरण खुलाई लिखित जानकारी राष्ट्र बैंकमा ३५ दिनभित्रै दिनुपर्ने कानुनी व्यवस्था छ ।
 

टिप्पणीहरू