केपी ओलीको डेब्यु फिल्मलाई सतीदेवीको चुनौती
आजदेखि दुई नेपाली फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् ।
छोरीको सङ्घर्षको कथा बोकेको 'सतीदेवी' र एसिड आक्रमणमा परेका महिलाहरुको पीडा बोल्ने 'नमेटिने घाउ' दुबै आ-आफ्नै कारणले चर्चा पाइरहेका चलचित्र हुन् । बहुप्रतिक्षित मानिएका चलचित्र एकैसाथ प्रदर्शनमा आएसँगै सिनेवृत्त तरंगित छ ।
वास्तविक घटनामा आधारित भनिएको 'नमेटिने घाउ' अभिनेता रमित ढुंगानाले निर्देशन गरेका हुन् । चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्ती तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, राप्रपा सांसद ज्ञानबहादुर शाहीको पनि अतिथि भूमिका रहेको छ । राष्ट्रिय राजनीतिका चर्चित पात्रलाई फिल्मा प्रस्तुत गरिएकाले यो चलचित्रको चर्चा चुलिएको हो ।
लक्ष्मण सुवेदीको लेखन तथा निर्देशन रहेको 'सतीदेवी'ले आधा दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । लैगिंक विभेदको कथा प्रस्तुत गरिएको चलचित्रमा मलिका महत मुख्य भूमिकामा छिन् ।
बलिउड चलचित्र ‘बेदा’ पनि आजबाटै प्रदर्शनमा आएको छ । अहिले सिनेमा हलहरुमा गत साता रिलिज भएको बलिउड चलचित्र ‘स्त्री २’ ले आक्रमक व्यापार गरिरहेको छ ।
टिप्पणीहरू