महिला डाक्टरको विभत्स हत्या आरोपीको साबिती बयान

महिला डाक्टरको विभत्स हत्या आरोपीको साबिती बयान

भारतको कोलकातामा बलात्कारपछि हत्या गरिएकी डा. मौमिता देवनाथ प्रकरणमा मुख्य आरोपीले घटनामा आफ्नो संलग्नता स्वीकारेका छन् । मौमिताले इन्टर्नसिप गरिरहेको आरजी कर मेडिकल कलेजकै स्वयम्सेवक (भोलिन्टियर)  सञ्जय रोयले बलात्कारपछि आफैँले हत्या गरेको बताएका छन् । 

घटनाको १८ दिनपछि उनको पोलिग्राफ गरिएको छ । त्यसक्रममा उनले गल्ती स्वीकार्दै घटनाको पृष्ठमूमि सुनाएका हुन् । सिबिआइका अनुसार सञ्जयले घटना भएको दिन अगष्ट ९ को साँझ एक जना साथीसँग मदिरा सेवन गरेका थिए ।

त्यसपछि अबेर राति कोलकाताको रेड लाइट एरिया पुगे । त्यहाँबाट राति करिब २ बजे फर्केको पोलिग्राफका क्रममा खुलाएका छन् । त्यति राति आफ्नी प्रेमिकासँग नेट कलमा न्यूड फोटो समेत मागेका थिए । 

बिहान ४ बजे मेडिकल कलेज फर्केर सोझै सेमिनार हलमा छिरेको उनले बताए । जहाँ ३६ घण्टाको सिफ्ट पूरा गरेकी डा. मौमिता निदाइरहेकी थिइन् । त्यसपछि सञ्जयले हलको ढोका बन्द गरेर बलात्कार र हत्या गरेको स्वीकार गरेका हुन् । 

मौमिताको शव सोही दिन बिहान ६ बजे सेमिनार हलमै विभत्स अवस्थामा फेला परेको थियो । प्रहरीले तयार पारेको घटनास्थल र पोष्टमार्टम रिर्पोट अनुसार शव फेला परेको समयमा मौमिताको मुख, यौनाङ्ग र टाउकोबाट रगत बगेको थियो । त्यस्तै, उनको गुप्ताङ्मा १५० एमएल वीर्य भेटिएको प्रहरीले जनाएको छ ।
मुलुकभरका चिकित्सक र नर्सहरु मौमिताको सामूहिक बलात्कार भएको दावीसहित दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा छन् । घटनाले विकराल रुप लिएपछि गत साता मात्रै कोलाकाता अदालतले सिआइबीलाई अनुसन्धानको जिम्मेवारी दिएको थियो ।

टिप्पणीहरू