वर्षा रोकिएपछि पशुपतिमा ब्रतालुको भीड (फोटो फिचर)
हिन्दू धर्मावलम्बी महिलाहरुले हरितालिका (तीज) पर्व मनाइरहेका छन् । बिहानैदेखि ब्रतालुहरु पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा पूजाआजाको लागि पुगेका छन् ।
तर, रातिदेखि परेको वर्षाका कारण बिहान उनीहरु छाता ओढेरै मन्दिर पुगेका थिए । पशुपतिमा बिहान ३ बजेदेखि चारै वटा ढोका खोलिएको छ । वर्षा रोकिएपछि ब्रतालु महिलाको भीड पशुपति परिसरमा बाक्लिएको छ ।
टिप्पणीहरू