पहिले ओलीद्वारा रोकियो, अहिले गृहसचिवमा रोजियो

पहिले ओलीद्वारा रोकियो, अहिले गृहसचिवमा रोजियो

गृह मन्त्रालयको रिक्त सचिवमा गोकर्णमणि दुवाडी पुगेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले पूर्व भूमिसुधार र निर्वाचन आयोग सचिव दुवाडीलाई गृहमा लाने निर्णय आज बल्ल माइन्युटिङ्ग गरेको हो ।

यसअघिका एकनारायण अर्याल भदौ १४ गते मुख्यसचिव नियुक्त भएपछि पद रिक्त थियो । त्यसका लागि बिनोद सिंह,कृष्णहरि पुष्कर,दिनेश भट्टराई लगायतको नाम चर्चामा थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तिम सहमतिमा दुवाडीलाई प्राथमिकता दिइएको बुझिएको छ । ओली नेतृत्वको पहिलेको सरकारले दुवाडीलाई पाँच पटकसम्म सचिवमा बढुवा हुनबाट रोकेको थियो ।

२०५४ सालमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका दुवाडी २०५९ मा शाखा अधिकृत भएका थिए । २०६६ मा उपसचिव भएका उनी एक वर्षपछि सहसचिवमा पुगे ।

टिप्पणीहरू