इन्टरनेट सेवा शुल्क अनिवार्य स्वीकृत गराउन निर्देशन

इन्टरनेट सेवा शुल्क अनिवार्य स्वीकृत गराउन निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रादायकहरुलाई सेवाको महसुल दर अनिवार्य स्वीकृत गर्न निर्देशन दिएको छ । सेवा प्रदायकहरुले ग्राहकबाट मनपरी शुल्क असुल्न थालेपछि प्राधिकरणले शुल्क तथा महसुल दर अनिवार्य स्वीकृत गराउन निर्देशन दिएको हो । 

प्राधिकरणबाट अनुमतिपत्र सेवा प्रदायकहरुले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क÷महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्तबमोजिम अनिवार्य रुपमा स्वीकृत गराई सोहीबमोजिम लागू गर्नुपर्ने कानूनी व्यवस्था छ। 

तर, पछिल्लो समय अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले सेवाको महसुल दर स्वीकृत नगराई ग्राहकसँग मनपरी शुल्क असुलेको गुनासो आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार सेवाको शुल्क तथा महसुल दर प्राधिकरणबाट स्वीकृत गराई सोहीबमोजिम सूचना समेत प्रकाशन गरी लागू गर्न भनेको छ । 

‘दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्तबमोजिम प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क÷महसुल दर प्राधिकरणबाट स्वीकृत गराई सोहीबमोजिम प्राधिकरणबाट महसुल दर स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरेपश्चात् मात्र इन्टरनेट सेवाको महसुल दर लागू गर्न सम्बनिधत सेवा प्रदायकहरुलाई जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू