‘फरार सांसद’ जेल चलान

‘फरार सांसद’ जेल चलान

नेपाली काँग्रेसका ‘फरार सांसद’ धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन् । आज स्वयं अदालतमा उपस्थित भएका उनलाई सजाय भुक्तानका लागि थुनामा पठाइएको हो । 

उनलाई रुकुम पश्चिम कारागार चलान गरिएको  जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताए । सम्बन्धविच्छेदको नक्कली कागजात बनाएको भन्दै श्रीमती राधा केसीले दायर गरेको मुध्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । 

२०४८ असार ९ गते अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाए पनि उनले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । गत भदौ ४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन पुगेका उनको चर्को विरोध भएको थियो । विभिन्न राजनीतिक पार्टीले उनलाई कारबाहीको माग गरेका थिए ।
 

टिप्पणीहरू