नक्कली शैक्षिक प्रमाणपत्र बोकेर अमेरिका जाने तयारीमा

नक्कली शैक्षिक प्रमाणपत्र बोकेर अमेरिका जाने तयारीमा

ई–डिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, ४३ वर्षीय सुवास ढकाल, ५० वर्षीय गोपालप्रसाद घिमिरे र टिकाथलीका २८ वर्षीय अनिलकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले ई–डिभी भिसा प्रयोजनका लागि एसईई र प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पत्ता लागेपछि नेपालस्थित अमेरिकी दूतावासले प्रहरीमा खबर गरेको थियो ।

सोहीबमोजिम प्रहरीले उनीहरुलाई अस्ति महाराजगञ्जस्थित दूतावास नजिकैबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जनालाई लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू