कृषि विकासमा खटिएका सब–इञ्जिनियरको प्रमाणपत्र नक्कली
कृषि ज्ञान केन्द्र, डडेल्धुरामा कार्यरत सबइञ्जिनियर लालबहादुर विकविरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
उनले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सबइञ्जिनियर पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ ।
उक्त पदमा रही सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुन मागदाबीसहित अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको जनाएको छ ।
टिप्पणीहरू