बेलायतबाट फर्केका मल्ल करणी अभियोगमा विमानस्थलमा समातिए

बेलायतबाट फर्केका मल्ल करणी अभियोगमा विमानस्थलमा समातिए

बेलायतबाट दिउँसो साढे ४ बजे दोहा हुँदै काठमाडौं आइपुगेका तनहुँका रविन्द्र मल्ललाई साँझ नै पोखरा लगिएको छ । कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा आएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा पुगेपछि प्रहरीले पक्रेको थियो ।

तनहुँको व्यास नगरपालिका ५ का मल्ललाई कास्की जिल्ला प्रहरीले गत पुस १९ गते पठाइको पत्रको आधारमा अध्यागमनले कालोसूचीमा राखेको थियो । कास्की प्रहरीमा उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि उक्त पत्र लेखिएको हो ।

टिप्पणीहरू