रुसी सेनाको कारवाहीमा १४४ युक्रेनी ड्रोन नष्ट

रुसी सेनाको कारवाहीमा १४४ युक्रेनी ड्रोन नष्ट
सुन्नुहोस्

युक्रेनले रुसमाथि आक्रमणका लागि पठाएको १४४ ड्रोन नष्ट भएको छ । रुसी सेनाले ब्रायनस्क क्षेत्रमा ७२, मस्कोमा २० र कुस्र्कमा १४ वटा युक्रेनी ड्रोन नष्ट पारेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् । 

मस्कोस्थित गभर्नर एन्ड्री वोरोबाइभका अनुसार रातारात रामेन्सकोये जिल्लाका अपार्टमेन्ट भवनहरू ड्रोन आक्रमणको परिणामस्वरूप क्षतिग्रस्त भएको थियो । प्रारम्भिक जानकारी अनुसार एक महिलाको मृत्यु भएको छ भने तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ । 

ड्रोन आक्रमणपछि ४३ जनालाई अस्थायी आवास केन्द्रमा राखिएको छ । समाचारहरुमा जनाइएअनुसार तुला क्षेत्रमा १३, बेल्गोरोड क्षेत्रमा आठ, कालुगा क्षेत्रमा सात, भोरोनेज क्षेत्रमा पाँच, लिपेत्स्क क्षेत्रमा चार र ओरियोल क्षेत्रमा एक वटा ड्रोन नष्ट भएको छ ।

टिप्पणीहरू