हास्य कलाकार जुवातासपछि ठगीमा संलग्न

हास्य कलाकार जुवातासपछि ठगीमा संलग्न

‘इकु’ को नामले परिचित कलाकार सुलेमान शंकर ठगी आरोपमा पक्राउ परेका छन् । कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको छ ।

उनलाई हिजो बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपेर शंकरमाथि अनुसन्धान थालिएको उनले जानकारी दिए । 

‘उनलाई हिजो बूढानीलकण्ठबाट पक्राउ गरिएको छ । कलाकार भिसामा विदेश पठाइदिन्छु भनेर ठगेको आरोपमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेका छौं’,उनले भने । 

गत कात्तिकमा उनीसहितको टोली जुवातास खेलेको आरोपमा पक्राउ परेका थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशपछि १५–१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई छोडिएको हो ।

टिप्पणीहरू