घरमा दोस्री श्रीमती भित्र्याएर कतार उड्न खोेजेपछि...

घरमा दोस्री श्रीमती भित्र्याएर कतार उड्न खोेजेपछि...
सुन्नुहोस्

कतार हिँडेका एक युवक बहुविवाहसम्बन्धी कसुरमा पक्राउ परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–६, आप्रिक बस्ने २८ वर्षीय सुरुज गुरुङ समातिएका हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनकी जेठी श्रीमती रिता गुरुङले भदौ २३ गते बहुविवाहको जाहेरी दर्ता गरेकी थिइन् । 

उक्त जाहेरीपछि बहुविवाह मुद्दामा सुरुजलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएपछि उनी भागेर कतार जान लागेका थिए । सोही सुईंको  पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र सुरक्षा कार्यालयको समन्वयमा उनी पक्राउ परेका हुन् । 

सुरुजलाई हिजो जिल्ला अदालत गोरखामा उपस्थित गराई म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू