घुससहित समातिएका प्रहरी इन्स्पेक्टर अख्तियारको फन्दामा

घुससहित समातिएका प्रहरी इन्स्पेक्टर अख्तियारको फन्दामा

घुससहित समातिएका नेपाल प्रहरीको साइबर ब्यूरोका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारको टोलीले सुवेदीलाई घुस खाएको रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो । 

साइबर अपराध मुद्दाका एक प्रतिवादीको मुद्दा मिलाइदिने आश्वासनमा उनले ९९ हजार रुपैयाँ घुस खाएको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम सुवेदीलाई कैद र जरिवानाको सजाय मागिएको छ ।

टिप्पणीहरू