इञ्जिनियर, स्वास्थ्यकर्मीकै प्रमाणपत्र नक्कली

इञ्जिनियर, स्वास्थ्यकर्मीकै प्रमाणपत्र नक्कली

नक्कली शैक्षिक प्रमाणपत्रको आडमा सरकारी सेवामा नियुक्ति लिएका तीन जनाउपर मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको छ ।

डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंह, कास्कीको पोखरा महानगरपालिका–३२, स्थित शहरी स्वास्थ्य केन्द्रकी अहेव शोभा उप्रेती र सुनरीको रामधुनी नगरपालिकाका इञ्जिनियर देवेन्द्र नारायण चौधरी रहेका छन् । 

उनीहरुले आफ्नो शैक्षिक योग्यता ढाँटेर वा नक्कली प्रमाणपत्र पेश गरेर सरकारी सेवामा नियुक्ति लिएको अख्तियारको दाबी छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुन मागदाबीसहित तीनै जनाउपर मुद्दा दर्ता गरेको हो ।

टिप्पणीहरू