क्यानडा जानुभएकी परराष्ट्रमन्त्री अमेरिकापछि दोहा पुग्दै
परराष्ट्रमन्त्री डा. आरजु राणा क्यानडा जानुभएको छ । उहाँ टोरन्टोमा बिहीबार र शुक्रबार हुन लागेको महिला परराष्ट्रमन्त्रीहरुको सम्मेलनमा सहभागी हुन जानुभएको बताइएको छ ।
क्यानडा र जमैकाद्वारा आयोजित सम्मेलनमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम छ । त्यहाँबाट मन्त्री डा. राणा अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँ न्युयोर्क पुगेर सेप्टेम्बर २१ मा सामेल हुने कार्यतालिका छ ।
त्यसपछि मन्त्री कतारको दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुहुने छ । सम्मेलनलाई सम्बोधन गरेपछि परराष्ट्रमन्त्री डा. राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्कनुहुने छ ।
टिप्पणीहरू