कुलमान र रविबीच फाइनल वार्ता

कुलमान र रविबीच फाइनल वार्ता

ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच फाइनल वार्ता शुरु भएको छ । समानुपातिक उम्मेदवार सूचीमा देखिएको विभेद, पार्टीमा कुलमानलगायतको स्पष्ट वरीयताबारे उठेको विवाद नसल्टिए उज्यालो नेपाल एकताबाट बाहिरिने चेतावनी दिइएको छ । 

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा अन्तिम वार्ता भन्दै उज्यालो नेपाल पार्टीका नेताहरु पुगेका हुन् । उनीहरुले वार्ताको पहिलो बुँदा न्यायोचित संख्यामा समानुपातिक उम्मेदवार, दोस्रोमा वरीयता र तेस्रोमा धर्म निरपेक्षताको एजेण्डा राखेको बुझिएको छ ।

गत सोमबार दिउँसो बौद्धको एउटा होटलमा भइरहेको उज्यालो नेपालको बैठकबाट कुलमानलाई हामी नेपालका सुधन गुरुङले अपहरण शैलीमा लिएर गएका थिए । त्यसपछि राति बालेन्द्र साहलाई साक्षी राखेर रास्वपासँग एकताको घोषणा गरियो । तर, कुलमानलगायत उज्यालो नेपालका नेताहरुले भने अँध्यारो अनुहार लगाएका थिए । 

यसबीच रास्वपाले सिफारिस गरेकाे समानुपातिक उम्मेदवारहरूकाे सूचीबाट पाँच जनाले नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

टिप्पणीहरू