राजेन्द्र महत्तोद्वारा पुरानै नाममा पार्टी घोषणा

राजेन्द्र महत्तोद्वारा पुरानै नाममा पार्टी घोषणा

लोसपा परित्याग गरी 'राष्ट्रिय मुक्ति क्रान्ति'को नाममा छुट्टै अभियान संचालन गरिरहेका पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकको निर्णयअनुसार उनले आज पार्टी घोषणा गरेका हुन् । बहुराष्ट्रिय राज्य स्थापनार्थ घोषित सो पार्टीको नाम 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' रहने र अध्यक्ष महतो आफैँ हुने जनाइएको छ । 

उनका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी छ । 

लोसपाबाट अलगिएर गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेका महतोले यसबीचमा विभिन्न अभियानसमेत चलाएका थिए।

टिप्पणीहरू