क्रियाशील पत्रकारलक्षित काउन्सिलको आँखा शिविर

क्रियाशील पत्रकारलक्षित काउन्सिलको आँखा शिविर

प्रेस काउन्सिल नेपालले निःशुल्क आँखा शिविरको आयोजना गर्न लागेको छ । काउन्सिलको ५५ औं वार्षिकोत्सवको अवसरमा आँखा शिविर सञ्चालन गर्न लागिएको जानकारी दिइएको छ ।

भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काउन्सिलको परिसरमा शिविर सञ्चालन हुने जनाइएको छ । तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा हुने शिविरमा क्रियाशील पत्रकारले सेवा लिन सक्नेछन् ।

 

टिप्पणीहरू