बागमतीमा कडा रोगका रोगीलाई एक लाख

बागमतीमा कडा रोगका रोगीलाई एक लाख

बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।  उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन, संविधान संशोधन गर्न संघीय सरकारलाई सहयोग गर्ने गरी न्यूनतम साझा कार्यक्रम तयार पारिएको जानकारी दिएका छन् ।

कार्यक्रममा नागरिकको आकांक्षा र आवश्यकतालाई समेट्ने प्रयास गरिएको छ । ‘संविधान संशोधन गरेर स्थायी सरकार निर्माणमा सत्ता साझेदार दल अघि बढेको छ’, उनले भने, ‘प्रदेशको समानुपातिक विकासमा प्रदेश सरकार जिम्मेवारपूर्वक काम गरिरहेको छ’

६७ बुँदे साझा कार्यक्रममा प्रदेश निजामती सेवा ऐन र स्थानीय निकाय सञ्चालन ऐनको आवश्यक संशोधन तथा परिमार्जन गर्ने, फजुल खर्च कटौती गरी आर्थिक अनुशासनलाई कडाइका साथ पालना गर्ने सरकारको योजना छ । 

त्यस्तै, स्थानीय तहसँग सहकार्य गरी भूमि बैंक स्थापना गर्ने, एक जिल्ला एक उत्पादन पकेट क्षेत्र घोषणा गर्ने, युवा लक्षित स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने, मुटु, मृगौला र अर्बुद रोगको उपचारार्थ प्रदेश सरकारबाट प्रत्येक बिरामीलाई एक लाख रुपैयाँ उपचार खर्च सहयोग प्रदान गर्ने सरकारको साझा कार्यक्रममा उल्लेख छ ।

टिप्पणीहरू