अर्थमन्त्री मध्यराति चीनतिर

अर्थमन्त्री मध्यराति चीनतिर

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन जानुभएको छ । उहाँ गएराति १ बजे चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६८ मा काठमाडौंबाट चीनको ग्वाङझौ जानुभएको बताइएको छ ।

अर्थ मन्त्रालयका अनुसार उपप्रधानमन्त्री पौडेल विश्व दिगो यातायात मञ्चमा सहभागिताका लागि चीन जानुभएको हो । उहाँसँगै भ्रमण टोलीमा मन्त्रालयका सहसचिव महेश भट्टराईलगायत चार जना छन् ।

टिप्पणीहरू