कलाकार र राजनीतिज्ञलाई घरमा लफडा,वनमा ढुक्क

कलाकार र राजनीतिज्ञलाई घरमा लफडा,वनमा ढुक्क
सुन्नुहोस्

दुई दशकअघि नेपाली चलचित्रमा राज गरेकी अभिनेत्री हुन्,शोभिता सिम्खडा । ग्ल्यामर्स दुनियाँमा बोल्ड लुक्सको कारण चर्चामा आएकी उनले ०६८ वैशाखमा निराजन भण्डारीसँग लगनगाँठो कसिन् । श्रीमान कतारमा कन्स्ट्रक्सन कम्पनी चलाउँथे भने यता शोभिता मनोरञ्जनको दुनियाँमा व्यस्त थिइन् । 

बिहे गरेको चार–पाँच वर्षसम्म यो दम्पत्तिको सम्बन्ध राम्रै चलेको थियो । त्यसपछि यी दुईबीचको सम्बन्धमा चिरा पर्न थाल्यो । सोही कारण शोभिता डिप्रेसनमा गएको र शान्ति खोज्दै ओशो तपोवन पुगेको बताइन्छ । अहिले पनि उनको बसोबास तपोवनमै छ । भनिन्छ, उनी त्यहाँ फुपु–फूपाजुसँग रमाइरहेकी छन् ।

अभिनेत्री नम्रता सापकोटा पनि ओशो अनुयायी हुन् । आधा दर्जन नेपाली चलचित्रमा काम गरिसकेकी उनको चाहना अविवाहित आमा बन्ने थियो । यसबारे उनले खुलेरै भनेकी थिइन्, ‘आमा बन्नको लागि बिहे गर्नैपर्छ भन्ने छैन, मेरो बिहे नगरी आमा बन्ने योजना छ ।’

नम्रताको उक्त अभिव्यक्तिले पुरुषसँग लिभिंग टुगेदरमा बसिरहेको धेरैको अनुमान यथार्थ थियो । ती पुरुषसँगको ब्रेकअपपछि नम्रता आफ्नै अभिव्यक्तिको कारण ट्रोलको शिकार भइन् । ती अहिले पनि समाजिक सञ्जालमा सजिलै भेटिन्छन् । यसपछि उनी पनि डिप्रेशनमा पुगिन् । झण्डै दुई वर्ष उनी कुनै चलचित्रमा देखिइनन् । बरु त्यसपछि एकैचोटी ओशो तपोवनमा देखापरिन् । सन्यासी बनेपछिको उनको पहिलो भनाई थियो, ‘प्रेम लक्ष्य हो, जीवन यात्रा हो ।’ 

पछिल्लो समय कलाकारहरु निखिल उप्रेती, बेनिशा हमाल, पुजना प्रधानलगायत पनि ओशोमार्गी बनेका छन् । ओशीमार्गी भनिएका कलाकारहरुको साझा कथा छ : सबै पारिवारिक तथा प्रेम सम्बन्ध बिग्रियो । डिप्रेसनपछि तपोवन पुगियो ।

हालसालै गायिका एलिना चौहानले पनि तपोवन पुगेर सन्यासीको गेरु वस्त्र धारण गरेकी छन् । गत बैशाख पहिलो साता बिहे गरेपछि अष्ट्रेलिया उडेकी उनी तीन महिनामै नेपाल फर्किइन् । 

सामान्यतयाः तीज अवसर पारेर नेपाली कलाकार विदेशका कार्यक्रममा सहभागी हुन्छन् । नेपालमाभन्दा विदेशमा धेरै आम्दानी हुने भएकाले यो स्वाभाविक पनि हो । तर एलिना भने तीजअघि नै नेपाल आइन् । उनका श्रीमान विष्णु सापकोटाले अष्ट्रेलिया उड्दै गर्दा काठमाडौंमा भनेका थिए, ‘छ महिनापछि हामी सँगै फर्किनेछौं ।’ 

एलिनाले गीत रेकर्डिंगको लागि आफू नेपाल फर्किएको बताएकी छन् । तर पछिल्लो समय बजारमा उनको गीत देखिँदैन । उनी निकटस्थहरु पछिल्लो समय एलिना स्टुडियोभन्दा घरकै कोठामा सीमित भएको बताउँछन् । 

एलिनाको बिहेअघि लभ, ब्रेकअप र प्याचअपको कन्ट्रोभर्सी, बिहेलगत्तै मन नहुँदा–नहुँदै अष्ट्रेलिया पलायन, तीन महिनामा एक्लै नेपाल फर्किनु र हँसिलो अनुहारमा देखिने उनी मलिन अनुहार लिएर तपोवन पुग्नको गतिविधिले दर्शक तथा समर्थकहरुले शंका गर्न थालेका छन्, ‘कतै एलिनाको वैवाहिक सम्बन्धमा आँच आएको त हैन ?’ सिर्जना गिरीले एलिनाको बैवाहिक सम्बन्धको प्राथना गर्दै लेखेकी छन्,  ‘धेरै चिन्ता नलिनुस् बैनी, जीवन भनेकै भोगाइ रहेछ ।’

कलाकारजस्तै नेताहरु पनि तपोवन पुगेर सन्यासी बनेका धेरै जना छन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ०७९ साउनमा ओशो सन्यासी बने । उनलाई सन्यासीको मन्त्रसँगै स्वामी अरुण आनन्दले नयाँ नाम समेत दिए, ‘अनन्त मैत्रय ’। 

कुनै बेला आक्रामक व्यक्तित्वको छवि बनाएका राउत पनि त्यतिकै तपोवन पुगेका होइनन् । श्रीमती सोनी सिन्धु रानीसँगको सम्बन्धमा दरार आएपछि उनी जंगलतिर लागेको बताइन्छ । यी दुईको सम्बन्ध विच्छेद मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधीन छ । अध्यक्ष राउत मनको शान्ति खोज्न तपोवन पुगेपनि श्रीमती रानीले उनीमाथि चारित्रिक प्रश्नसमेत तेर्साएकी छन् ।

टिप्पणीहरू