सेनापति अशोकले सुन्नैपर्ने सल्लाह

सेनापति अशोकले सुन्नैपर्ने सल्लाह
सुन्नुहोस्

प्रभुराम शर्मा जम्माजम्मी उमेरको भरमा सेनापति भए । नारायणकाजीलाई खुशी पार्न बाबुरामलाई उकासे ।ओलीलाई रिझाउन गौरव तन्डुललाई कल्याणकारीमा ५ बर्षसम्म झुन्ड्याइदिए । तिनका जोडीले अमेरिकाबाट ल्याएको परफ्युम उपहारमा रमाए । दिपक बानियाजस्ता जता पोस्टिंग भयो त्यतै घर बनाउने, जग्गा किन्ने जर्नेललाई मालामाल बनाइदिए ।मन परेकालाई धमाधम मानार्थ जर्नेल बनाए प्रचण्डको नाता परेको कारणबाट कुमारबाबु थापालाई दुई तारे बनाए ।अस्पतालमा रामे भण्डारीको छोरो मै त हो नि भन्दै नयाँ मन्दिर बनाएर बसेको छ । 

सेनापति भएर पनि बाहुनलाई च्याप्दै अरुलाई खेदोखने ।पुरानो गोरख गणलाई आफ्नो मान्दै अरु गण, गुल्मलाई पराइ ठाने ।जवानको कल्याण, वीरगतिको परिवारलाई रेखदेखर खेलाडीको मनोबल उच्च राख्नेतर्फ चासो देखाएनन् । सैनिक श्रीमती संघको उत्थान उस्तै रह्यो ।सेनापति हुँदा कुरा काट्छन् भनेर अवकाश भएपछि सीतापाइलामा महल रङ्गाए ।

भैँसेपाटीमा खै कुन ठेकेदारले हो घर उपहार दिएको चर्चा छ । शान्ति सेना विस्तार गर्नेतर्फ कुनै प्रगति भएन ।खालि पूर्णचन्द्रको निर्णय उल्ट्याउन ध्यान लगाए ।नवनियुक्त प्रधान सेनापतिलाई निम्न ब्यहोरा जाहेर गर्दछौं । 

– भ्रस्ट जर्नेलहरूको टर्म नथपियोस् । 
– करारमा योग्य व्यक्तिलाई मात्रै अवसर दिइयोस्, करारमा नियुक्त हुने कसैलाई पनि धेरै अवधि नराखियोस्, अरुलाई पनि मौका दिइयोस् ।
– अति प्रशँसनीय काम गर्नेलाई मात्रै मानार्थ दर्जा प्रदान गरियोस् ।

– क्याडेट भर्नामा अवैध काम गर्ने नलिंचोके प्रदिप केसीहरूलाई आउट गरियोस् । 
– क्याडेटको जिटियो, टिओ र आइओ परिक्षा लिने अफिसहरू परिवर्तन गरियोस् ।क्यारियर भएका अफिसरलाई         मात्रै त्यहाँ राखियोस् । घर जाने बेलाका अफिसरलाई नराखियोस् ।
– अस्पतालको सही ब्यवस्थापन होस् ।
– शान्ति सेना विस्तार गर्नेतर्फ काम होस् ।
– सैनिक सामग्री नेपालमै उत्पादन होस् ।
– अवकाशप्राप्त जवानहरूको मर्का बुझियोस् ।
– यौन दुराचारीहरूलाई आउट गरियोस् ।
– आर्मी स्कूलमा सैनिक सन्ततिलाई मात्र अध्ययन गराउने काम होस् ।
– वीरगतिका सन्तान, खेलाडी र असाधारण काम गर्नेलाई पुरस्क्रित गरियोस् ।
– जवानको रासन व्यवस्था सुधारियोस् ।
– फ्यामिली क्वार्टरको संख्या बिस्तार होस् ।
– राजनीतिक दबाब दिनेलाई कारबाही होस् ।
            – जसले सेनाको भलो चिताउँछ 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

 

टिप्पणीहरू