रविन्द्र मिश्रद्वारा उपप्रधानमन्त्रीमाथि चुनावमा अर्काकाे बुइ चढेको आरोप

रविन्द्र मिश्रद्वारा उपप्रधानमन्त्रीमाथि चुनावमा अर्काकाे बुइ चढेको आरोप
सुन्नुहोस्

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले बाल मन्दिरको जग्गा प्रकरण सम्बन्धी मुद्दा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले ढिसमिस गर्न खोजेको आरोप लगाएका छन् । मिश्रले उक्त प्रकरणकी मुख्य आरोपी रिता सिंह वैद्यलाई जोगाउन मन्त्रीले पहल गरेको दाबी गरेका छन् । 

आरोपित व्यक्ति मन्त्री सिंहकी दिदी रहेको उल्लेख गर्दै मिश्रले रिताले बाल संगठनको अध्यक्ष हुँदा २८ रोपनी जग्गामा अनियमितता गरेको तर सिंह दिदीलाई जोगाउन लागिपरेको बताए ।

मन्त्री सिंह र उपाध्यक्ष मिश्र २०७९ को आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिस्पर्धी थिए । त्यतिबेला मिश्र १२५ मतले पराजित भएका हुन् ।

‘अनाथ बालबालिकाको बाल मन्दिर नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न मुद्दा नै ढिसमिस गर्न खोज्ने तपाईंलाई नहराई त कहाँ छोडुँला र !’ अगाडि लेखिएको छ, ‘जुन दिन म तपाईंलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ ।’

उपाध्यक्ष मिश्रले मन्त्री सिंहलाई अर्काको बुई चढेर चुनाव जितेको आरोप लगाएका छन् । एक्लै–एक्लै लडेको भए आफूले जित्ने दाबी गर्दै मिश्र भन्छन्,  ‘तपाईंलाई दुबै पटक आरामले हराइदिन्थेँ । तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो । त्यो पनि बल्लबल्ल थोरै–थोरै मार्जिनले ।’
 

टिप्पणीहरू