असोजमा बाढी पहिरोको जोखिम, ५६ जिल्ला ‘रेड जोन’ मा

असोजमा बाढी पहिरोको जोखिम, ५६ जिल्ला ‘रेड जोन’ मा

मनसुन पुनः सक्रिय भएपछि ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि आगामी आइतबारसम्म ५६ जिल्ला मनसुनको उच्च जोखिममा रहेको बताएको छ । 

महाशाखाका अनुसार अन्य प्रदेशभन्दा बागमती र लुम्बिनीका प्रायः जिल्ला उच्च जोखिमा छन् । मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा हावाहुरी र चट्याङसहितको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । 

लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया उच्च जोखिममा छन् । कोशीका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ्ग, ओखलढुंगा, भोजपुर, इलाम, पाँचथर र मोरङ मनसुनी वर्षाको उच्च जोखिममा रहेको महाशाखाको भनाइ छ । 

गण्डकीका  म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरर्खा, मनाङ्ग, कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यानसहित सुदूरपश्चिमका डोटी, कैलाली र अछाममा पनि महाशाखाले रेड अलर्ट जारी गरेको छ । 
ती जिल्लाका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षा, हावाहुरी तथा चट्याङबाट हुनसक्ने क्षति कम गर्न बेलैमा पूर्वतयारीका लागि पनि महाशाखाले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू