महासभालाई सम्बोधन अघि प्रधानमन्त्री र परराष्ट्रमन्त्री भेटघाटमा व्यस्त

महासभालाई सम्बोधन अघि प्रधानमन्त्री र परराष्ट्रमन्त्री भेटघाटमा व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई आज सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि उहाँ द्विपक्षीय भेटवार्तामा पनि व्यस्त हुनुभएको बताइएको छ । 

न्युयोर्कमा प्रधानमन्त्री ओली र बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

त्यसैगरी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि भेटघाटमा व्यस्त हुनुहुन्छ ।  उहाँले संयुक्त राष्ट्रसंघका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गर्नुभएको छ । 

यसअघि राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेट गर्नुभएको थियो । परराष्ट्रमन्त्री देउवा र सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकबीच पनि भेटवार्ता भएको छ । भेटमा दुई देशका कूटनीतिक तथा सरकारी राहदानी वाहकहरुलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको जनाइएको छ ।

न्युयोर्कमा परराष्ट्रमन्त्री देउवा र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजबीच पनि भेट भएको छ ।

टिप्पणीहरू