राष्ट्रसंघीय महासभा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो

राष्ट्रसंघीय महासभा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको हाल न्युयोर्कमा जारी ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । उहाँले याङसँगको भेटवार्तामा नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको बताइएको छ। 

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको मुख्यालयमा अध्यक्ष याङसँग भेट गर्नुभएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

भेटसँगै प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गर्नुभएको छ ।  सम्बोधनमा सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका विभिन्न चरणको व्याख्या गरिएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित, नेपालमा परेको जलवायु परिवर्तनको असर र राष्ट्रसंघीय शान्ति अभियानमा नेपालको चर्चा गर्नुभएको छ ।
 

टिप्पणीहरू