प्रधानमन्त्रीको उच्चस्तरीय भेटघाट जारी

प्रधानमन्त्रीको उच्चस्तरीय भेटघाट  जारी

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी समकक्षीसँग भेटवार्ता गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री मिआन मोहम्मद शेहबाज सरिफसँगको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, द्विपक्षीय तथा बहुपक्षीय मञ्चहरुमा आपसी सहयोग, व्यापार अभिवृद्धि, लगानी, पर्यटन र सांस्कृतिक सम्बन्धबारे चर्चा भएको बताइएको छ । 

यसैबीच प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङ वीले शिष्टाचार भेट गर्नुभएको छ ।

टिप्पणीहरू