अविरल वर्षा कम हुँदै, भोलिदेखि मौसमी प्रणाली कमजोर

अविरल वर्षा कम हुँदै, भोलिदेखि मौसमी प्रणाली कमजोर

तीन दिनदेखिको अविरल वर्षा आज बेलुकीदेखि कम हुने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाकाअनुसार साँझदेखि आज बिहान र हिजोको वर्षाको स्तरमा कमी आउने छ ।

भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने बताइएको छ । बादल लागेपनि लगातार पानी नपर्ने भएकाले बाढी र डुबानको स्तर घट्दै जाने छ । पछिल्लो तीन दिनको वर्षाको धेरै असर झापादेखि कपिलवस्तुसम्म परेको छ । तर वर्षा ७७ वटै जिल्लामा भएको बताइन्छ ।

केही दिनपछि हुने यो वर्षको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यस वर्षको मनसुन पनि बाहिरिने छ । पछिल्लो २४ घण्टामा औसत तीन सय मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ ।

टिप्पणीहरू