सिटिजन्स म्युचुअल फण्डले गर्यो प्रतिफल घोषणा

सिटिजन्स म्युचुअल फण्डले गर्यो प्रतिफल घोषणा

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन योजनाको यस वर्षका लागि प्रतिफल घोषणा गरिएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको हिजो बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफा वा सो अवधिसम्म रहेको सञ्चिति कोषबाट समेत लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

जसअनुसार योजनाको ईकाइधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड–१ बाट करसहित ९ प्रतिशत नगद लाभांश, सिटिजन्स म्युचुअल फण्ड–२ बाट करसहित ६ दशमलब ५ प्रतिशत नगद लाभांश र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट करसहित १० प्रतिशत नगद लाभांश वितरण गरिने छ । 

उक्त लाभांश वितरण प्रयोजनका लागि यही असोज २३ गते सिटिजन्स म्युचुअल फण्ड–१, सिटिजन्स म्युचुअल फण्ड–२ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ईकाइधनी दर्ता किताब बन्द रहने जनाइएको छ । आव २०८०/८१ मा समग्र आर्थिक चुनौतीका बाबजुद पनि सिटिजन्स क्यापिटलले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गतका तीन वटै योजनामा लाभांश दिन सक्षम भएको छ । 

सिटिजन्स क्यापिटल वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटलका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ हुन् भने सीईओ सबिरबादे श्रेष्ठ छन् ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमतिप्राप्त सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी समेत हो । यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको जनाइएको छ ।

टिप्पणीहरू